Computer Notes, Programming codes, Hardware and Networking Tip, Entertainment, Biography, Internet Tip, Tech News, Latest Technology, YouTube,

PUBG गेम को कहानी र बढ्दो क्रेज

Story of PUBG game in nepali, PUBG game story in nepali, PUBG story in nepali, PUBG Game in nepali, PUBG story, पब्जी गेम को कथा, नेपलिमा पब्जी गेमको कथा, PUBG ka kahani, pubg ka kahani, kahani of pubg, Download bluestacks, download nox player, download pubg, download pubg pc lite version,

picture of pubg game
Player Unknown's Battle Grounds

यो गेम खेल्न प्लेयर एक्लै  मैदानमा उत्रन सक्छन भने ४ जनाको टिम बनाएर पनि मैदानमा उत्रन सक्छन् । मैदानमा उत्रिसकेपछि आफ्नो सरभाइबलको लागि फरक फरक घरमा गई हतियार र अन्य चिजहरु खोज्नुपर्ने हुन्छ ।

Download PUBG Mobile (Play Store) :
Download PUBG PC Lite Version  :

भिडियो गेम भन्दा तपाईलाई विभिन्न भिडियो गेम को याद आउँछ होला । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात भएको थियो, जसको नाम थियो PONG । अहिले को यो आधुनिक युगमा हमिलाई प्रविधिले धेरै कुरा सहज र सरल बनाइदिएको छ । 



अहिले धेरै मानिसहरु माझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो PUBG । पब्जी भनेको एउटा भिडियो गेम हो । PUBG को पुरा रुप Player Unknown's Battle Grounds हो, जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम खेल्ने मोबाइलमा करिब २ जिबी र्‍यामको आवश्यकता पर्दछ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिने खेल्ने गर्छन् । 

यो नेपाल सहित विश्वका अधिकांश देशमा खेलिन्छ । यो गेम सन् २००० मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ । पब्जी गेम दक्षिण कोरियाको Blue Hole कम्पनीको सहायक कम्पनी पब्जी कर्पोरेशनले बनाएको हो । यो गेम Brenden Greene ले बनाएका थिए, जो पब्जी गेमका लिड डिजाइनर र डाइरेक्टर हुन् । उनलाई नै अनलाइन स्टेजमा Player Unknown को नामले पनि चिनिन्छ । Brenden सुरुमा गेम डिजाइनर होइनन् । आयरल्यान्डमा जन्मिएका उनी फोटोग्राफर, ग्राफिक डिजाइनर र वेब डिजाइनर थिए । उनी आफ्नो कामको लागि ब्राजिलमा बस्थे । उनलाई गेम निकै मन पर्थ्यो । उनी धेरै प्रकारका भिडियो गेम खेल्थे । एक दिन उनी DAYZ भिडियो गेम खेलिरहेका थिए । उनी यो गेम र Battle Royal फिल्मबाट निकै प्रभावित भए र अब म पनि गेम बनाउँछु भन्रे उस्लाई लाग्यो र उद्योगमा छिर्नका लागि उनले प्रोग्रामिङ सिके । यसको कमजोरीहरु खोजेर परिवर्तन गरे । 

उनी एउटा यस्तो गेम बनाउन चाहन्थे, जसलाई जति पटक खेले पनि खेलिरहाैं लागोस् । उनको यो सोचबाट प्रभावित भई सोनी अनलाइन इन्टरटेन्मेन्टले उनलाई आफ्नो कम्पनीमा H1Z1 गेमको कन्सल्टेन्टमा सामेल गरायो । यो काम पूरा हुनासाथ उनले सोनी अनलाइन इन्टरटेन्मेन्ट कम्पनीको जागिर छोडे । ब्रान्डेनको जस्तै सोच रहेका दक्षिण कोरियाका एक व्यक्ति थिए । उनको एउटा गेम थियो Ginno Games । यसको नाम २०१५ जनवरीमा परिवर्तन गरी Blue Hole राखियो ।




Chang Han Kim पनि त्येस समयमा एक Battle Royal गेम बनाउने सोचिरहेका थिए । जब उनी गेम बनाउने भनेर खाेजी गर्न थाले, त्येसपछि उनलाई Brenden को क्षमताको बारेमा थाहा भयो । उनले ब्रान्डेनलाई दक्षिण कोरिया बोलायर आफूले बनाउने सोचेको गेमको कन्सेप्ट बताए । त्यसपछि उनीहरुले पब्जी गेम मिलेर बनाउने फैसला लिए । उनीहरुले यो गेम १ वर्षमा बनाउने सोच राखे । सुरुमा यो गेम बनाउन उनीहरुले ३५ डेभलपर गेम डेभलपमेन्ट गर्नको लागि राखे । पछि आवश्यकता अनुसार डेभलपरको संख्या बढेर ७० भयो । 

मार्च २०१७ मा उनिहरुले पब्जी गेमको बेटा भर्जन सार्वजनिक गरे । यो गेम सबैले मन पराउन थाले । यसमा भएका केही कमजोरीहरु सुधार गरी २० डिसेमबर २०१७ मा यो गेम सबैका लागि सार्वजनिक गरियो । यसैगरी फेब्रुअरी २०१८ मा एन्ड्रोइड र आइओएसको लागि पनि पब्जी गेम सार्वजनिक गरियो । यसलाई सुरुवाती चरणमै सबैले मन पराउन थाले । सार्वजनिक भएको केही महिनामै यो विश्वको नम्बर वान गेम बन्यो । यो गेमलाई One of the Best Selling of All Time Game मा सामेल गारियो । यो गेमलाई अहिलेसम्म Best Multiplayer Game, Pc game of the year, action game of the year, Trending Game of the year तथा अन्य धेरै अवार्डहरु प्राप्त भईसकेको छ । 

PUBG सार्वजनिक भएको ३ दिन भित्रमा यसले ११ मिलियन अमेरिकी डलर कमाइ गरिसकेएको थियो । सार्वजनिक भएको ४ हप्ता भित्रै करिब १ करोड राउन्ड भन्दा पनि बढी खेलिसकिएको थियो ।  ब्रान्डेनले PUBG बनाउनु अघि Arma III र Kink of the Kill जस्ता ब्याटल रोयल गेमको डिजाइनर र कन्सल्ट गरिसकेका थिए । PUBG एउटा सुटर ब्याटल रोयल गेम हो । यस गेममा १ सय जना खेलाडीलाई विना टिकट प्लेनबाट ग्राउन्डमा लड्न छडिन्छ । रमाइलो कुरा के छ भने PUBG मा पहिले एक Wear House बाट लड्न ब्याटल ग्राउन्डमा छाडिन्थ्यो । प्लेयरले दिएको सुझाव अनुसार यसले प्लेनबाट छोड्न थालेको हो । उनीहरु सम्पूर्ण शक्ति लगाएर ब्याट्लग्राउन्डमा लड्छन् । यो गेम खेल्न ४ जनाको टिम बनाएर पनि खेल्न सक्छन् भने ४ जनाको टिम बनाए् पनि मैदानमा उत्रन सक्छन् । मैदानमा उत्रिसकेपछि आफ्नो सरभाइबलको लागि फरक फरक घरमा गई हतियार र अन्य अलग अलग चीजहरु खोज्नुपर्ने हुन्छ, जस्ले दोस्रो प्लेयरसँग लड्न काम दिन्छ । खेलको अन्यमा इन गेम करेन्सी मिल्छ । यो मिल्ने भनेको मारिएका प्लेयर र खेलमा टिकिरहेको समयको आधारमा हुन्छ । इन गेम करेन्सीको काम भनेको गेमभीत्र नै हतियार र अन्य चिजको खरिद गर्नको लागि प्रयोग गरिन्छ ।


यो लडाइँमा जो अन्तिम समयसम्म बाँच्छ, ऊ नै यस गेम को बिजेता हुन्छ र चिकेन डिनर पनि पाईन्छ । यस गेम मा "Winner Winner Chicken Dinner" भन्ने भनाइ निकै प्रचलित छ । पब्जी मोबाइललाई प्लेस्टोराबाट २० करोडभन्दा बढीले आफ्नो मोबाइलमा डाउनलोड गरिसकेका छन् । यो गेम मोबाइलमा फ्रिमा खेल्न सकिन्छ । यो गेम मोबाइल, ल्यापटप, डेस्कटप सबै प्लेटफर्ममा उपब्ध छ । पब्जी खेल तयार पार्न कम्पनीले आगामी दिनमा पनि नयाँ नयाँ अपडेट लिएर आउने घोषणा गरिसकेको छ । कम्पनीले भर्खरै मात्र यो खेलमा नयाँ अपडेट दिएको छ । यो गेममा जतिनै हार्डवयर कन्फिगरेसन राम्रो हुन्छ, त्यति नै यो गेम खेल्न सहज हुन्छ । अनलाइनबाटै पैसा तिरेर यो गेम कम्युटरमा पनि डाउनलोड गरेर खेल्न सकिन्छ । हालै यो गेम PC Lite Version मा आएको छ, जसलाई तपाईंले सित्तैमा (Free) मा डाउनलोड गरि आफ्नो Desktop वा Laptop मा Install गारि यो गेम खेल्न सक्नुहुन्छ ।

कसरी खेल्ने यो गेम ?
मोबाइल र कम्युटर दुवैमा यो गेम खेल्न सकिन्छ । मोबाइलमा खेल्न कुनै शुल्क तिर्नु पर्दैन भने कम्प्युटरमा खेल्न केहि शुल्क तिरेपछि तपाईले सफ्टवेयर पाउनुहुनेछ तर हालै कम्प्युटर को लागि PUBG PC Lite Version आएको छ। यसको लागि भने कुनै शुल्क तिर्नु पर्दैन । यसलाई डाउनलोड र Install गरि कम्प्युट्मा खेल्न सकिन्छ ।  मोबाइलमा खेल्न तपाईले प्ले स्टोर बाट डाउनलोड गरेर खेल्न सक्नुहुन्छ । यसरी मोबाईलमा त्याहाँ निर्देशित गरे बमोजिम खेल्न सक्नुहुनेछ । तपाई यो गेम खेल्न फेसबुक र टि्वटर एकाउन्टबाट पनि लगइन गर्न सक्नु हुनेछ ।

यो गेम खेल्न तपउईले एमुलेटरको पनि प्रयोग गर्नु सक्हुनुन्छ । तपाईं Bluestacks र Nox Emulator प्रयोग गरेर आफ्नो कम्प्युटरमा खेल्न सक्नुहुन्छ, जसको लागि तपउईं गुगलमा गएर एमुलेटर डाउनलोड गर्न सक्नुहुनेछ । Emulator प्रयोग गरेर यसबाट प्ले स्टोरमा गई PUGB डानलोड गर्न सक्नु हुनेछ ।

Bluestacks Emulator Download गर्न ।


Nox Player Download गर्न ।

Bluestacks Emulator Download गर्न ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget