Computer Notes, Programming codes, Hardware and Networking Tip, Entertainment, Biography, Internet Tip, Tech News, Latest Technology, YouTube,

WiFi को पासवर्ड कसरि परिवर्तन गर्ने ?

यदि तपाइको WiFi पासवर्ड Strong छैन भने, कुनै बेला तपाइको अनलाईन डाटाहरु खतरामा पर्न सक्छन वा तपाइको डाटाहरु चोरी पनि हुन सक्छन्। त्यसैले तपाईले आफ्नो WiFi नेटवर्कको पासवर्ड बेला-बेलामा परिवर्तन गर्नुपर्छ। कुनै बेला धेरै इन्टरनेट प्रयोगकर्ताहरु तपाइको राउटरमा connect भएको कारणले तपाइको इन्टरनेटको गति ढिलो पनि हुन सक्छ। यति बेला पनि तपाईले आफ्नो राउटर/WiFi को पासवर्ड परिवर्तन गरेर गति बढाउन सक्नुहुन्छ। WiFi को पासवर्ड परिवर्तन गर्नको लागि तल दिएको स्टेप हरु follow गर्नुहोस्।


१‌‍. तपाई आफ्नो WiFi नेटवर्कसंग Connect हुनुहोस्। 
२. कुनै पनि एउटा वेव ब्राउजर (Mozilla Firefox, Google Chrome) मा जानुहोस् ।  
३. Address box मा राउटर को IP Address 192.168.0.1 वा 192.168.1.1 टाईप गर्नुहोस्  र Enter Key थिच्नुहोस्।   


 यदि तपाइलाई आफ्नो राउटर को IP Address थाहा छैन भने Run (Win + R Key Press गरेर) मा जहुहोस ।  
CMD type गर्नुहोस्।  DOS को window खुल्नेछ। अब ipconfig/all टाईप गरि Enter key press गरेर default gateway को IP Address हेर्नुहोस्। 

४.  अब Browser मा IP Address टाइप गरेर Enter गरेपछि Router को default User name र  Password दुबैमा admin, admin type गर्नुहोस् र  Enter Key Press गर्नुहोस्  Router को main page खुल्छ। 
(नोट : यदि तपाईले आफ्नो Router को Username र Password change गर्नु भएको छ भने admin को सट्टा आफुले राखेको Username र Password Type गरि Login गर्नुहोला।)

५. अब Wireless को Wireless Security मा click गर्नुहोस्।  र Wireless Password मा नयाँ Password Type गर्नुहोस्।  
६. अब save मा click गर्नुहोस्।

अब तपाई Wifi network बाट disconnect हुनुहुनेछ। तपाइले राख्नु भएको Password Type गरि connect हुनुहोस्। 

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.
disqus
facebook

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget