यदि तपाइको WiFi पासवर्ड Strong छैन भने, कुनै बेला तपाइको अनलाईन डाटाहरु खतरामा पर्न सक्छन वा तपाइको डाटाहरु चोरी पनि हुन सक्छन्। त्यसैले तपाईले आफ्नो WiFi नेटवर्कको पासवर्ड बेला-बेलामा परिवर्तन गर्नुपर्छ। कुनै बेला धेरै इन्टरनेट प्रयोगकर्ताहरु तपाइको राउटरमा connect भएको कारणले तपाइको इन्टरनेटको गति ढिलो पनि हुन सक्छ। यति बेला पनि तपाईले आफ्नो राउटर/WiFi को पासवर्ड परिवर्तन गरेर गति बढाउन सक्नुहुन्छ।
WiFi को पासवर्ड परिवर्तन गर्नको लागि तल दिएको स्टेप हरु follow गर्नुहोस्।
१. तपाई आफ्नो WiFi नेटवर्कसंग Connect हुनुहोस्।
२. कुनै पनि एउटा वेव ब्राउजर (Mozilla Firefox, Google Chrome) मा जानुहोस् ।
३. Address box मा राउटर को IP Address 192.168.0.1 वा 192.168.1.1 टाईप गर्नुहोस् र Enter Key थिच्नुहोस्।
यदि तपाइलाई आफ्नो राउटर को IP Address थाहा छैन भने Run (Win + R Key Press गरेर) मा जहुहोस ।
CMD type गर्नुहोस्। DOS को window खुल्नेछ। अब ipconfig/all टाईप गरि Enter key press गरेर default gateway को IP Address हेर्नुहोस्।
४. अब Browser मा IP Address टाइप गरेर Enter गरेपछि Router को default User name र Password दुबैमा admin, admin type गर्नुहोस् र Enter Key Press गर्नुहोस् Router को main page खुल्छ।
(नोट : यदि तपाईले आफ्नो Router को Username र Password change गर्नु भएको छ भने admin को सट्टा आफुले राखेको Username र Password Type गरि Login गर्नुहोला।)
५. अब Wireless को Wireless Security मा click गर्नुहोस्। र Wireless Password मा नयाँ Password Type गर्नुहोस्।
६. अब save मा click गर्नुहोस्।
अब तपाई Wifi network बाट disconnect हुनुहुनेछ। तपाइले राख्नु भएको Password Type गरि connect हुनुहोस्।
आजको यो टेक्नोलोजीको संसारमा हामी सबैलाई केहि सामन्न्य टेक्नोलोजिकल ज्ञान हुन आवश्यक छ। हामी आज कम्प्युटर र स्मार्ट फोनेहरुमा प्रयोग हुने RAM (Random Access Memory) को बारेमा जान्ने छौ। RAM को कुरा गर्दा यो computer होस्, laptop होस् या mobile phone, यो एकदमै महत्वपूर्ण चिज हो। किनभने RAM कै कारणले यी device हरुले राम्रोसंग काम गरिरहेका हुन्छन्।
RAM attached on the Motherboard
RAM को पुरा रुप हुन्छ Random Access Memory। RAM एउटा अत्यन्त छिटो प्रकारको कम्प्युटर मेमोरी हो। जसले अस्थायी रूपमा तपाइको कम्प्युटर वा स्मार्ट फोनको डाटा हरु भण्डारण गर्दछ। यो मेमोरीले हार्डडिस्कले भन्दा धेरै गुना छिटो काम गर्छ। CPU ले कुनै डाटा प्रोसेस गर्नु भन्दा अगाडी त्यो डाटा RAM मा load हुन्छ र RAM को डाटा CPU ले पढेर data मा भएको instructions को आधारमा कम्प्युटर ले काम गर्छ। Hard Disk धेरै नै ढिलो चल्ने device हो र CPU धेरै छिटो चल्ने device हो । CPU ले एक सेकेन्ड मै लाखौ instruction हरु execute गर्न सक्छ। अब, CPU ले Hard Disk को डाटा रिड गर्दा त Hard Disk को डाटा CPU सम्म आउन धेरै समय लाग्ने भयो र कम्प्युटरमा हरेक कम ढिलो हुने भयो । त्यसैले, CPU ले रिड गर्न चाहेको file/data लाई आगाडी नै RAM मा copy गरिन्छ र त्यो डाटा लाई छिटो भन्दा छिटो CPU सम्म पुर्याउने काम RAM ले गर्छ।
RAM ले कम्प्युटरको power on भए सम्म मात्र data हरु store गर्छ । जब हामी आफ्नो कम्प्युटर लाइ off गर्छौ, तब RAM को सबै data हरु पनि मेटीन्छ। त्येसैले यसलाई volatile र temporary मेमोरी पनि भनिन्छ। जब कम्प्युटर on गरिन्छ तब केहि operating system का file हरु storage device जस्तै Hard Disk बाट load भएर RAM आउँछ। कम्प्युटरमा हामी केहि application software हरु run गर्छौ र विभिन्न प्रकारका document हरु बनाउँछौं। ति सबै document हरु हामीले save नगरुन्जेल सम्म RAM मा नै store भएर बसेको हुन्छ। हामीले त्यो document लाई save गरे पछि मात्र त्यो document Hard Disk मा स्टोर हुन्छ। यसरि RAM ले Random data हरु स्टोर गर्ने र CPU ले RAM को data लाई सिदै Access गर्ने भएको हुनाले नै यसलाई Random Access Memory र Working Memory भनिएको हो।
RAM (Random Access Memory)
कम्प्युटर वा स्मार्ट फोनहरुमा हामीले एकै पटक धेरै application हरु run गर्दा, यदि RAM को capacity कम छ भने हाम्रो कम्प्युटर वा स्मार्ट फोन हरु ढिलो चल्न थाल्छ र hang हुन्छ। त्यसैले धेरै capacity भएको RAM Multi Tasking को लागि उपर्युक्त हुन्छ। आज भोलि को स्मार्ट फोन मा त झन् कम्तिमा पनि 2 GB को RAM त हुनै पर्छ। हामीले फोन मा Facebook application खोल्दा यसले मात्रै २०० देखि ३०० MB सम्मको RAM प्रयोग गर्छ। यस्तै हामी धेरै application हरु जस्तै Messenger, Viber, WhatsApp, YouTube जस्ता application हरु एकै पटक प्रयोग गर्छौ। जसले धेरै RAM को खपत गर्छ। त्यसैले यदि तपाई कुनै स्मार्ट फोन किन्ने सोचमा हुनुहुन्छ भने RAM धेरै capacity भएको फोन नै किन्नु होला। किनकि एक पटक तपाईले स्मार्ट फोन किनेपछि तपाईले त्यस फोनमा भएको RAM को capacity बढाउन सक्न्नुहुन्न। तर कम्प्युटरमा भने तपाईले अर्को RAM राख्न सक्नुहुन्छ।
अन्य मेमोरीहरुको तुलनामा RAM बनाउन धेरै खर्च लाग्छ। त्यसैले यो निकै महँगो हुन्छ। 16 GB को मेमोरी कार्ड बनाउन लाग्ने खर्च 1 GB को RAM बनाउन मै लाग्छ।